Pura Samachar

राप्रपा संस्थापककै जिल्ला भयो राप्रपाबिहिन

प्रकाशित: July 26, 2020

राप्रपा संस्थापककै जिल्ला भयो राप्रपाबिहिन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक स्वर्गिय सूर्यबहादुर थापाको गृहजिल्ला धनकुटा राप्रपाबिहिन भएको छ ।

उनका छोरा सुनिलबहादुर थापाले राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीलाई राजीनामा बुझाएसँगै धनकुटा राप्रपाबिहिन भएको हो ।

उनले आफूसँगै राप्रपा धनकुटाका जिल्ला अध्यक्ष लक्ष्मी सुब्बासहित जिल्ला कार्य समिति धनकुटाका सम्पूर्ण सदस्यहरु, राप्रपा धनकुटाका सम्पूर्ण नगर, गाउँ, क्षेत्रीय इकाइ समितिहरु पनि आफूसँगै ल्याएका छन् ।
पूर्व उद्योग वाणिज्यमन्त्री समेत थापाको नेतृत्वमा राजीनामा बुझाएका ३१ जनाको सूचीमा धनकुटाका सबै कार्यसमितिहरुले पनि राप्रपा परित्याग गरेको उल्लेख छ ।

नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले पटक–पटक ध्यानाकषर्ण गराउँदा पनि जनमत प्रतिकुल अगाडि बढेकाले साथ दिन नसक्ने निष्कर्षमा पुगेको राजीनामा पत्रमा उल्लेख छ ।

पूर्वप्रधानमन्त्री थापाका छोरा सुनिल आफ्नो समूहसहित नेपाली कांग्रेस प्रवेश गर्ने तयारीमा छन् । उनी लामो समयदेखि कांग्रेससँग पदको ‘बार्गेनिङ’ मा छन् ।

कांग्रेस पदाधिकारी स्रोतले नेता थापा कांग्रेसमा आउन लागेको संकेत गर्दै भन्यो, “उहाँहरुसँग लामै समयदेखि कुराकानी, छलफल भइरहेको छ ।”

प्रतिक्रिया