काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राप्रपा परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका नेता–कार्यकर्ताहरुलाई कुनै प्रकारको भेदभाव नगरिने बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेर आएका सुनिलबहादुर थापालगायतका नेताहरुलाई पार्टी प्रवेशका लागि मंगलबार सानेपामा आयोजित कार्यक्रममा उनले नवप्रवेशीहरुलाई पार्टीमा कुनै पनि प्रकारको भेदभाव नगरिने बताएका हुन् ।
सभापति देउवाले राप्रपा परित्याग गरेर कांग्रेसमा आएका नेताहरुलाई स्वागत गर्दै भने, “सबै प्रवेश गरेका साथीहरूलाई पूरा अधिकार छ । पार्टी बलियो बनाउन तपाईंहरुको भूमिका महत्वपूर्ण हुनेछ ।”
उनले प्रजातन्त्र संकटमा परेको भन्दै लोकतान्त्रिक शक्तिहरुलाई एक ठाउँमा उभिन पनि आह्वान गरे ।
प्रतिक्रिया