Pura Samachar

प्रधानमन्त्री ओली प्रसिद्ध अभिनेता : राप्रपा अध्यक्ष लोहनी

प्रकाशित: July 29, 2020

प्रधानमन्त्री ओली प्रसिद्ध अभिनेता : राप्रपा अध्यक्ष लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा चुलिएको विवादलाई टेलिभिजन शोको संज्ञा दिएका छन् ।

उनले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा नेकपाको विवादबारे लेख्दै नेपाली जनताका लागि धेरै मेहनत गरेर तयार गरिएको मनोरञ्जनात्मक कार्यक्रम भएको टिप्पणी गरेका छन् ।

“हाम्रो देशमा एउटा नयाँ टीभी कार्यक्रम चालु छ । त्यसका मूल कलाकारहरुमा प्रसिद्ध अभिनेता ओली, दाहाल, नेपाल र खनाल छन् । सहायक कलाकारमा गौतम छन् । अरु उफ्रिने फुच्चे कलाकारहरु पनि थुपै्र छन्,” अध्यक्ष डा. लोहनीले लेखेका छन् ।

उनले उक्त कार्यक्रम हरेक दिन बेलुका सबै टीभीमा हेर्न सकिने भन्दै कार्यक्रममा नेपाली जनताका पीडा र दुल्खका बारेमा कुनै छलफल नगरिने व्यंग्य गरेका छन् ।

“यो कार्यक्रम हरेक दिन बेलुका सबै टीभी मा हेर्न पाइने छ,” लोकनीले लेखेका छन्, “बिषेश सूचना ः यो कार्यक्रममा नेपाली जनताको पीडा र दुःखबारे कुनै छलफल गरिने छैन । देशमा बढेको भ्रष्टाचार, अत्याचार, दूराचार, लुटतन्त्र, भागबण्डातन्त्र अन्याय, अभाब, बेरोजगारी, जस्ता कुरा यो कार्यक्रममा समाबेश गरिने छैन । यो नेपाली जनता को लागि धेरै मेहनत गरेर तयार गरिएको मनोरञ्जन कार्यक्रम हो ।”

प्रतिक्रिया