Pura Samachar

प्रधानमन्त्रीलाई भेटेर देउवाले भने– भ्रष्टाचारको छानबिन गर्नुस्

प्रकाशित: August 4, 2020

प्रधानमन्त्रीलाई भेटेर देउवाले भने– भ्रष्टाचारको छानबिन गर्नुस्

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारलाई कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि खरिद गरिएका स्वास्थ्य सामग्रीमा भएको अनियमितता र भ्रष्टाचारको छानबिन गरेर कारबाही गर्न माग गरेको छ ।

कोरोना संक्रमणकोजोखिम बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बोलाएको विज्ञहरुसँगको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवाले स्वास्थ्य सामग्रीमा भएको अनियमितता र भ्रष्टाचारको छानबिन गरेर कारबाही गर्न माग गरेका हुन् ।

बैठकमा सभापति देउवाले हालसम्मका कमजोरी र प्रगतिको गहिरो समिक्षा गर्न र स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचारको छानबिन गरेर दोषीमाथि कारबाही गर्न माग गरेको कांग्रेसक मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा देउवाले कांग्रेसका तर्फबाट सरकारलाई विभिन्न साच बुँदे सुझाव र मागहरु राखेका छन् ।

यि हुन् मागहरु

(१) हालसम्मका कमजोरी र प्रगतिको गहिरो समिक्षा गरियोस् । स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप होइन छानबिन र कार्वाही गरियोस् ।

(२) नेपाली कांग्रेसले विगत देखिनै अघि सारेका माग तथा परिवर्तित स्थितिमा निम्न बिषय सम्बोधन गरेर युद्धस्तरमा कार्य गर्न बिशेष ध्यानाकर्षण गराउंदछु——

– आरडीटी परिक्षण स्थायी रुपले अन्त्य ।
– सम्पूर्ण रुपले पीसिआर परिक्षण गर्दै एक प्रदेशमा एकलाख नयाँ परिक्षण तत्काल प्रारम्भ गर्ने गरि आवश्यक बन्दोबस्त ।
– स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध । अत्यावश्यक पर्ने औषधि रेमडिसिभरको आयातमा तदारुकता । आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध ।
– मापदण्ड अनुरुप क्वारेन्टाइनहरुको यथाशीघ्र ब्यवस्थापन ।
– विदेशमा अप्ठ््यारोमा परेका नेपालीको निःशुल्क उद्वार गरि क्वारेन्टाइन र परिक्षण पश्चात् घर पु¥याउने ब्यवस्था ।
– नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र सिमा नाका सिल ।
– सुरक्षाका लागि मास्क लगाउने अनिवार्यता संगै चेतनामूलक अभियानमा आम संचारका माध्यमको व्यापक प्रयोग ।

(३) परिस्थिति अनुरुपका रणनीति निर्माण गर्न बिज्ञहरुसंग परामर्श गर्ने क्रमलाई नियमितता दिएर निर्मित रणनीतिको चुस्त कार्यान्वयनका लागि तदारुकता राखियोस् ।

(४) विभिन्न दल, संघसंस्था र आम संचार माध्यमका सुझाव नियमित रुपले ग्रहण गरेर कार्य गर्ने प्रवृत्ति आत्मसात गरियोस् ।

(५) उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन गरियोस् ।

(६) विभिन्न जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरेर उनीहरुको जीवन रक्षा गरियोस् ।

(७) बर्ग, क्षेत्र र परिस्थिति हेरि राहतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन ब्यवस्थित ढंगले गरियोस् ।

प्रतिक्रिया