Pura Samachar

राप्रपा संयुक्तको झापा कार्यसमितिद्वारा पार्टी परित्याग

प्रकाशित: August 9, 2020

राप्रपा संयुक्तको झापा कार्यसमितिद्वारा पार्टी परित्याग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को झापा जिल्ला कार्यासमितिले पार्टी परित्यागको घोषणा गरेको छ । कार्यसमितिले राप्रपाको केन्द्रीय कार्यालय, काठमाडौंमा राजीनामा बुझाएर पार्टी परित्याग गरेको घोषणा गरेको हो ।

समसामयिक राष्ट्रिय राजनीतिमा परिवर्तनलाई आत्मसात गर्न नसकेको र पार्टीपंक्तिमा अनुशासन र वैचारिक सिद्धान्त स्खलन भई प्रजातान्त्रिक मान्यता शून्य प्रायः भएको अनुभूतिले आदर्श र सिद्धान्तबाट विमुख भई विचलन हसन गएकाले पार्टी परित्याग गरिएको राजीनामा पत्रमा उल्लेख छ ।

प्रतिक्रिया