Pura Samachar

राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन

प्रकाशित: August 16, 2020

राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । ट्रम्पका भाइ रोबर्टको न्युयोर्कस्थित कोर्नेल मेडिकल सेन्टरमा निधन भएको बीबीसीले पुष्टि गरेको छ ।

राष्ट्रपति ट्रम्प शनिवार भाइलाई भेट्न अस्पताल पुगेका थिए । ७२ वर्षीय रोबर्ट राष्ट्रपति ट्रम्पभन्दा दुई वर्ष कान्छा हुन् । उनी रियल स्टेट कारोबारमा संलग्न थिए ।

राष्ट्रपति ट्रम्पका एक सहयोगीलाई उद्धृत गर्दै बीबीसीले उनी भाइको अन्तिम संस्कारमा सहभागी हुन सक्ने जनाएको छ ।

प्रतिक्रिया