Pura Samachar

२०७७ भदौ ९ गते मंगलबार तपाईंको राशिफल

प्रकाशित: August 25, 2020

२०७७ भदौ ९ गते मंगलबार तपाईंको राशिफल

मेष : दिन प्रतिकूल छ । व्यवहारिक समस्याले सताउनेछ । मन खिन्न हुनेछ । कामप्रति सचेतताको खाँचो रहनेछ ।

वृष : दिन अत्युत्तम छ । सन्तान सुख मिल्नेछ । व्यापार व्यवसाय बढ्नेछ । मनोरञ्जनमा समय जानेछ । यात्रा गरिनेछ ।

मिथुन ; दिन उत्तम छ । आटेको काम बन्नेछ । शत्रु परास्त हुनेछन् । शारीरिक सबलता बढ्नेछ । दीर्घकालीन कामको सोच हुनेछ ।

कर्कट : दिन राम्रै छ । साथीभाइ भेटिनेछन् । शुभ समाचारले मन प्रसन्न रहनेछ । कामप्रति जोश, जाँगर निकै बढ्नेछ ।

सिंह : दिन प्रतिकूल छ । मन डराउन सक्नेछ । हरेक काममा सावधानीको आवश्यकता रहनेछ । ठूलो योजनाको काम नगर्नु बेस हुनेछ ।

कन्या : दिन अनुकूल छ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । मान सम्मान मिल्नेछ ।

तुला : दिन ठिक छ । कार्यसम्पादनमा गति थपिनेछ । बोलीवचनमा प्रभाव बढ्नेछ । खानपिनका परिकार मिल्नेछ ।

वृश्चिक : दिन भाग्यवर्धक रहनेछ । नयाँ कामको अवसर मिल्नेछ । उच्चस्तरीय कार्यक्रम तय हुनेछ । अरूबाट सहयोग पाइनेछ ।

धनु : दिन प्रतिकूल छ । खर्चको मात्रा बढ्नेछ । आटेको काममा व्यवधान आउनेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।

मकर : दिन सार्थक छ । रमाइलो कार्यव्रmममा समय जानेछ । निर्णय क्षमता बढ्नेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

कुम्भ : दिन लाभदायक छ । आटेको काम बन्नेछ । समाजका ठूलाबडा व्यक्तिसँग भेटघाट हुनेछ उत्कृष्ट मान सम्मान मिल्नेछ ।

मीन : दिन उचित खालको छ । धर्मकर्म गरिनेछ । स्वास्थ्य सबल रहनेछ । अरुबाट सहयोग पाइनेछ । दानपुण्यले मनमा शान्ति मिल्नेछ ।

प्रतिक्रिया