Pura Samachar

नागरिक समाजको मार्च पास शीतल निवासमा

प्रकाशित: February 5, 2021

नागरिक समाजको मार्च पास शीतल निवासमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अवैधानिकरुपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा उक्त मार्चपास गरिएको हो । नागरिक समाजका अगुवाहरुले बिहान पद्मरत्न तुलाधर निवास परिसर, लैनचौरदेखि शीतल निवासको निषेधित क्षेत्रसम्म मार्चपास गरेका हुन् । संसद् विघटनपछि लामो समयदेखि अन्दोलनरत नागरिक समाजले आज राष्ट्रपति बस्दै आएको शीतल निवास अघिल्तिर मार्च पास गरेको छ ।

यस क्रममा प्रहरीले ब्यापक रुपमा दमन समेत गर्दै आएको छ । नागरिक समाजले आगामी फागुन ७ गतेदेखि तेस्रो चरणको नागरिक आन्दोलन गर्ने घोषणा गरेको छ ।

उनीहरुले राष्ट्रपति ज्यू संविधान कहाँ छ ? अवैधानिक नियुक्ति मान्दैनौं, सत्ता कब्दा मुर्दावाद, लोकतन्त्र जिन्दावाद लेखिएका पम्पलेटसहित मार्च पास गरेका थिए । नागरिक समाजले दिनहुँ ओलीको संसद विघटनका विरुद्ध रचनात्मक आन्दोलन गर्दै आएको छ ।

 

प्रतिक्रिया