काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर २१ का सभापति गोविन्द रञ्जितको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । ६७ वर्षीय रञ्जितको मंगलबार बिहान बलम्बुस्थित सशस्त्र प्रहरी अस्तालमा उपचारका क्रममा निधन भएको हो ।
कांग्रेसले काठमाडौं महानगरपालिका–२१ कार्यसमितिका सभापति ६७ वर्षीय रञ्जितको उपचारका क्रममा आज विहान निधन भएकाे पुष्टि गरेको छ । नेता रञ्जितको निधन प्रति सभापति शेरबहादुर देउवाले शोक विज्ञप्ति जारी गरेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
२०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका रञ्जितले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको शोक विज्ञप्तिमा उल्लेख छ ।
गत आइतवार अस्पताल भर्ना भएका रञ्जितलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । गत स्थानीय तहको निर्वाचनमा उनले वडा नम्बर २१ मा कांग्रेसका तर्फबाट वडा अध्यक्ष पदमा चुनाव लडेका थिए ।
प्रतिक्रिया