
वासिङटन । राष्ट्रपति डोनाल्ड ट्रम्पले गत शुक्रवार भाषण गरेको दिन राष्ट्रपति भवन व्हाइट हाउसको दृष्य किल्ला जस्तै देखिन्थ्यो । सुरक्षा अधिकारीहरुले ठाउँठाउँमा ब्यारियर खडा गरेर ट्रम्पको भाषणमा खलल पैदा गर्ने सम्भावित विरोधीको चेकजाँच गरिरहेका थिए ।
एकातिर प्रहरी र एजेन्सीहरुले व्हाइट हाउस वपरपर सुरक्षाको एएउटा ‘कभर’ तयार गरेका थिए भने अर्कोतिर रिपब्लिकन पार्टीले विगत चार दिनमा राष्ट्रपतिका वरिपरी एक मनोवैज्ञानिक ‘बबल’ (फोका) खडा गर्न समय लगाए । वितेका छ महिनामा भएका विभिन्न उथल–पुथलका घटनाबाट जोगिन एक सुविधाजनक यथार्थको आवरण तयार गरियो ।
आगामी निर्वाचनका लागि गरिन लागेका मत सर्वेक्षणबाट प्राप्त संकेतले अमेरिकीहरुको एक ठूलो बहुमत वर्ग देश गलत दिशामा गइरहेको मान्यता राखेको देखाएको छ । जुन वर्तमान राष्ट्रपति फेरि निर्वाचित हुने बाटोमा बाधा बन्न सक्छ ।
रिपब्लिकन्स भने देशमा सबै राम्रो भइरहेको र अझै राम्रो गर्नका लागि सुधार आइरहेको सन्देश दिन प्रयासरत छ । हामी यहाँ ट्रम्पका पाँच रणनीतिहरुको जिकिर गरिरहेका छौं । जसका माध्यमबाट उनी फेरि अमेरिकाको राष्ट्रपति बन्ने सपना सजाइरहेका छन् ।
कोभिड–१९ लाई ‘सक्सेस स्टोरी’ का रुपमा बिक्री
अमेरिकामा कोभिड–१९ का झण्डै ६० लाख केसहरु देखिएका छन् । जसमध्ये एक लाख ८२ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । ट्रम्प र रिपब्लिकन्सले पूरै साता यो तथ्यका बारेमा छलफल गर्ने प्रयास गरेको छ । पहिलो पटक माइक पेंस, मेलानिया ट्रम्प र स्वयम् राष्ट्रपति ट्रम्पले कोभिड–१९ बाट आफन्त गुमाएका नागरिकका प्रति सहानुभूति जनाए ।
ट्रम्पले भने, “एक देशका रुपमा हामी दुःख मनाउ गरिरहेका छौं । यो रोगबाट मृत्यु भएका सबैलाई हामी आप्mनो मनमा सधै सम्झिरहनेछौं । उनीहरुको सम्मानमा हामी एकजुट हुनेछौं र उनीहरुको यादमा हामी अहिलेको अवस्थाबाट राम्रो गर्नेछौं ।”
रिपब्लिकन्स राष्ट्रपति ट्रम्पले उठाएका कदमहरुमा केन्द्रित भइरहेका छन् । जसमा चीनबाट अमेरिकाको यात्रामा प्रतिबन्ध, उपचारका लागि रिसर्चमा सहयोग, हालै घोषणा गरिएको ७५ करोड डलरको नयाँ रेपिड–रिजल्ट कोरोना भाइरस टेस्ट र यो वर्षको अन्तिमसम्म अमेरिकी भ्याक्सिन आउने दाबी जस्ता कुराहरु समावेश छन् ।
आर्थिक फिर्ताको प्रतिवद्धता
यस वर्षको सुरुवातमा राष्ट्रपतिको ट्वान्टी–२० क्याम्पेन पूर्णरुपमा इकोनोमीको मजबुतीमा टिकेको थियो । तर, महामारीले सबै कुराहरु परिवर्तन गरिदिएको छ । अहिले अमेरिका एक भयंकर मन्दीको बीचमा छ । बेरोजगारको दर दोहोरो अंकमा पुगेको छ भने कन्ज्युमर कन्फिडेन्स लडखडाएको छ ।
यद्यपि, ‘रिकभर’ हुने आशाका किरण पनि देखिदैछन् । ट्रम्प र रिपब्लिकन्सले यो साता स्टक मार्केट एकपल्ट फेरि नयाँ उचाईमा पुगेको, बिजनेस परचेजमा तीव्रता आउन लागेको तर्फ इशारा गरेका छन् । सर्वोक्षणले पनि राष्ट्रपतिलाई अहिले पनि अर्थव्यवस्था सम्हाल्नका लागि सबैभन्दा राम्रो नम्बर मिलिरहेको देखाएको छ ।
यद्यपि, रिपब्लिकन कन्भेन्सन अमेरिकी नागरिकहरुलाई कोरोना महामारीपूर्व हासिल गरेको आर्थिक उपलब्धीहरु स्मरण गराउनमा केन्द्रित छ । जसमा २०१७ को ट्याक्स कटौती, क्यानाडा, मेक्सिको र दक्षिण कोरियासँग भएको ब्यापार सम्झौता र कुनै समयको सबैभन्दा कम बेरोजगार जस्ता उपलब्धीहरु समावेश छन् ।
रिपब्लिकन्सको मुख्य तर्क ट्रम्प प्रशासनको पहिलो तीन वर्षमा आर्थिक सुधारका लागि गरिएको प्रयासमा छ । उसले फेरि आर्थिक अवस्था मजबुत बनाउन सक्ने दाबी गरिरहेको छ ।
जातीयताको मोर्चामा काम
व्हाइट हाउसमा जातीयताका विषयमा ट्रम्पको मिल्दोजुल्दो रेकर्ड रहेको छ । यद्यपि, उनको प्रशासनले पक्षपातरहित क्रिमिनल जस्टिस रिफर्म बिल ल्याउन मद्धत गरेको छ । तर, उनका विरोधीहरु ट्रम्पका शब्द र विशेष गरी उनले लेख्ने ट्वीटहरु बिलसँग परष्पर विरोधी देखिने गरेको बताउँछन् ।
हालैका दिनमा भएको विरोध प्रदर्शनका दौरान राष्ट्रपतिका कमजोर प्रयासहरु, प्रहरी दमन आदिका कारण काला समुदायका मानिसहरु चिन्तित रहेका प्रमाणका रुपमा हेर्न सकिने उनीहरुको तर्क छ । यो साता रिपब्लिकन्सले राष्ट्रपतिलाई काल जातिलाई च्याम्पियनका रुपमा यसरी देखाउने प्रयास गरे कि उनीहरुको कामको निकै नै प्रशांसा गरिएको छ ।
कन्भेन्सनका वक्ताहरुले पटकपटक ट्रम्प वास्तवमै काला जातिप्रति चिन्तित रहेका दाबी गरे । पूर्व फुटबल स्टार हर्शेल वाकर, सीनेटर टिम स्काट, केंटुकी अटार्नी जनरल डेनियल केमरून, हाउसिङ सेक्रेटरी बेन कार्सन, व्हाइट हाउस स्टाफर जारोन स्मिथसमेत गरी यसलाई आधुनिक रिपब्लिकन कन्भेन्सन बनाइएको थियो । जसबाट काला जातिका मतदाताहरुसम्म पुग्ने भरपूर प्रयास गरिएको थियो ।
कानुन र व्यवस्था
चार वर्षअघि पहिलो कन्भेन्सन एक्सेप्टेन्स स्पीचमा ट्रम्पले प्रतिवद्धता जनाएका थिए, “अपराध र हिंसा जसले हाम्रो देशमा नराम्रो असर पु¥याएको छ । त्यो चाँडै समाप्त हुन लागेको छ ।”
साढे तीन वर्षपछि अमेरिकामा हिंस्रक अपराध केही सहरहरुमा बढेको छ र प्रहरी क्रुरताविरुद्ध विरोध प्रदर्शनले हिस्राक रुप लिएको छ । यस्तो अवस्थालाई राष्ट्रपति राज्य र स्थानीय डेमोक्रेट्सको गल्ती बताउँदै मतदाताले आफूलाई दोस्रो कार्यकालका लागि निर्वाचित गरेर सन्देश दिने तर्क गर्छन् ।
ट्रम्पले भने, “हामी आप्mनो कानुन मान्ने अमेरिकीहरुको सुरक्षा गर्ने कि हिंस्रक अराजक तत्व, प्रदर्शनकारीहरु र अपराधीहरुलाई मनोमानी गर्ने छुट दिन चाहन्छौं भन्ने कुरा तपाईंको मतले तय गर्ने छ ।”
उनले भाषणका क्रममा प्रहरीको गलत आचरणलाई मामुली गल्ी भएको जिकिर गर्दै न्यायतन्त्रले गलत गर्नेलाई नछाड्ने बताए ।
बाइडेनविरुद्ध पटक–पटक आक्रमण
यदि, ट्रम्पको इमेज बनाउन र अमेरिकाको मौजुदा अवस्थामा नागरिकको भरोसा जित्न रिपब्लिकन्स असफल भए उनीहरुको अन्तिम योजना यो चुनावलाई ट्रम्प र उनका डेमोक्रेटिक विरोधीबीचको चुनावमा परिणत गर्ने हुनेछ ।
२०१६ मा ट्रम्प नेगेटिभ अप्रवल रेटिङका बावजुद विरोधी हिलेरी क्लिन्टनका जीत्न सफल भएका थिए । किनकी उनलाई पनि उत्तिकै अलोकप्रिय मानिएको थियो । पूरै साता पार्टी चेयर रोना मेकडेनियल र पेंस जस्ता रिपब्लिकन्सले डेमोक्रेटिक कन्भेन्सनमा नीतिहरुको ब्यहोरा अभावको फाइदा उठाउने कोसिस गरे र बाइडेनलाई वामपन्थीका रुपमा चित्रित गर्ने प्रयास गरे ।
प्रतिक्रिया