Pura Samachar

१८ घण्टा लोडसेडिङ गराउने मुकेस काफ्लेलाई देउवा माया

प्रकाशित: September 5, 2020

१८ घण्टा लोडसेडिङ गराउने मुकेस काफ्लेलाई देउवा माया

जनतालाई १८ घण्टा लोडसेडिङमा राख्दै विचौलिया व्यपारी पोस्ने नेपाल विद्युत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक मुकेस काफ्लेलाई कांग्रेस सभापति शेरवहादुर देउवाले विभागमा मनोनित गरेका छन्।

सभापति देउवाद्वारा पार्टीको ‘शुभेच्छुक संस्था समन्वय’ विभाग विस्तारका क्रममा काफ्लेलाई ६ नम्बरमै विभागको सदस्यमा मनोनित गरेका हुन्। देश मात्र नभएर समग्र नेपाली जनतामाथि लुट मच्चाएर विदेशी व्यपारीलाई फाइदा दिलाउने र देशको अर्थतन्त्रनै डामाडोल बनाएर नेपाली अर्थ विदेश पुर्याउन सहयोग गर्ने काफ्लेलाई कांग्रेस सभापति देउवाले गरेको माया प्रति कांग्रेस नेताहरुले असन्तुष्टी जनाएका छन् । जनता मार्नेलाई पार्टी विभागमा ल्याउनु गलत भयो यसले पार्टीलाई नोक्सानी पुर्याउछ एक नेताले भने,।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विहिबार केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा पार्टीको ‘शुभेच्छुक संस्था समन्वय’ विभाग विस्तार गरेका हुन् । कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम शुभेच्छुक संस्था समन्वय विभागमा उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यता मुकेस काफ्ले भने नेपाललाई लोडसेडिङ मुक्त गराउन सफल प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङको विरोध गर्दे आएका छन्। कांग्रेसले संरक्षण दिएकै कारण काफ्ले
विभिन्न सञ्चारमाध्यममा जनताका अघि माफी नमागी उल्टै ठुला कुरा गर्दे अन्र्तवार्ता दिदै आएका छन्।

प्रतिक्रिया