Pura Samachar

पूर्वराष्ट्रपतिले दलहरुलाई भने– सहिष्णु हुनुस्, संविधानको ‘अनरसिप’ लिनुस्

प्रकाशित: September 21, 2020

पूर्वराष्ट्रपतिले दलहरुलाई भने– सहिष्णु हुनुस्, संविधानको ‘अनरसिप’ लिनुस्

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राजनीतिक दलहरुलाई संविधानप्रतिका असन्तुष्टिहरु संविधानबाटै समाधान गर्न सुझाव दिएका छन् ।

नेपाली कांग्रेसको केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आइतबार आयोजना गरेको ‘संविधानको पाँच वर्ष र अबको चुनौती’ विषयक ‘भर्चुअल’ अन्तरक्रियामा उनले दलहरुलाई संविधानप्रति असन्तुष्ट रहेका समुदायका असन्तुष्टि संविधानबाटै समाधान गर्न सुझाव दिएका हुन् ।

“यो संविधानलाई अगाडि बढाउनुस् । यही संविधानअनुसार जानुस् । संविधानप्रति केही असन्तुष्टिहरु छन् । तिनीहरुलाई पनि यसै संविधानबाट समाधान गरेर लग्नुस्,” उनले भने ।

पूर्वराष्ट्रपति यादवले राजनीतिक दलहरुलाई सहिष्णुताका साथ संविधानको ‘अनरसिप’ लिन पनि सुझाव दिए । “सहिष्णु हुनुस् । यो संविधानलाई अनरसिप लिनुस् । अगाडि बढ्नुस्,” उनले भने ।

पूर्वराष्ट्रपति यादवले संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक नभएकोप्रति असन्तुष्टिसमेत व्यक्त गरे । उनले प्रमुख तीन दलको अग्रसरतामा संविधान जारी गरिएको स्मरण गर्दै संविधानकोे कार्यान्वयनमा दलहरुको प्रमुख जिम्मेवारी रहेको उल्लेख गरे ।

प्रतिक्रिया