Pura Samachar

सामुदायिक क्याम्पसका समस्याबारे मुख्यमन्त्रीसंग अन्तरक्रिया

प्रकाशित: September 23, 2020

सामुदायिक क्याम्पसका समस्याबारे मुख्यमन्त्रीसंग अन्तरक्रिया

हेटौंडा/समुदायको चासो र सक्रियतामा संचालित सामुदायिक क्याम्पसका समस्या र समाधानका उपायहरुबारे सरोकारवालाहरुले बागमती प्रदेशका मुख्यमन्त्री माननीय डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा अन्तरक्रिया गरेका छन।



देशभरि झन्डै ५०० वटा सामुदायिक क्याम्पसहरु संचालनमा रहेका र जनस्तरबाट ब्यबस्थापन गर्नु पर्ने यस्ता क्याम्पसहरुको विभिन्नखाले समस्याहरु रहेका छन। मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेकोपछि समुदायका हरेक समस्या सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको भन्दै मुख्यमन्त्री पौडेलले प्रदेश बिश्वबिद्यालय स्थापना गर्न कार्यदल गठन गरि प्रदेश सरकारले कार्य शुरु गरिसकेको जानकारी गराउनु भएको छ।

समुदायिक क्याम्पसको समस्याहरु समाधान गर्न आवश्यक सुझावहरु प्रदेश सरकारलाई उपलब्ध गराउन पनि उहाले आग्रह गर्नु भएको छ। पब्लिक क्याम्पस प्राध्यापक संघका केन्द्रिय महासचिव नरेन्द्र कोइरालाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

डा दिलनाथ दंगालले संयोजन र संचालन गर्नु भएको कार्यक्रममा हेटौंडा क्याम्पसका उपप्राध्यापक अर्पण पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो। जुम मार्फत संचालित कार्यक्रम अत्यन्त सान्दर्भिक रहेको भन्दै प्रदेश नं १ र प्रदेश नं ५ मा पनि छिट्टै कार्यक्रम हुन लागेको डा दिलनाथ दंगालले जानकारी दिनु भएको छ।

प्रतिक्रिया