नयाँ दिल्ली । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा ‘ड्रग्स एंगल’ को जाँच गरिरहेको ‘नारकोटिक्स कन्ट्रोल ब्युरो’ (एनसीबी) शनिबार बलिउडका केही कलाकारहरुसँग सोधपुछ गर्ने भएको छ ।
एनसीबी शनिबार बलिउड अभिनेत्री दीपिका पादुकोण, श्रद्धा कपुर र सारा अली खानसँग सोधपुछ गर्न लागेको हो । यसअघि शुक्रवार अभिनेत्री रकुल प्रीत सिंह र दीपिकाकी म्यानेजर करिश्मा प्रकाशसँग एनसीबीले सोधपुछ गरेको थियो ।
एसीबीले धर्मा प्रोडक्शनका निर्देशक क्षितिज रवि प्रसाद र अनुभव चोपडासँग पनि सोधपुछ गरिसकेको छ । सुशांत सिंहको मृत्यु प्रकरणमा ड्रग्सको प्रयोग भएको भएको आशंका बाहिरिएपछि एनसीबी बलिण्ड–ड्रग्स नेक्ससको जाँच गरिरहेको छ ।
एनसीबीले सेप्टेम्बर ८ मा सुशान्तकी प्रेमिका भनिएकी अभिनेत्री रिया चक्रवर्तीलाई ड्रग केसमा पक्राउ गरेको थियो । रियाका शोविक चक्रवर्तीसँग पनि यसका बारेमा सोघपुध भइसकेको छ ।
प्रतिक्रिया