Pura Samachar

देउवाले कार्यकर्तालाई भने– अति भयो अब ओली सरकारलाई घेर्नुपर्छ

प्रकाशित: September 29, 2020

देउवाले कार्यकर्तालाई भने– अति भयो अब ओली सरकारलाई घेर्नुपर्छ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्थामा पुगेको बताएको छ ।



सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकाले अप्रजातान्त्रिक काम गरेका यसकाविरुद्ध अब आन्दोलन गर्नुपर्ने बताएका हुन् ।

नेपाल महिला संघ केन्द्रीय समितिले सोमबार गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले भने, ‘यो कम्युनिष्ट सरकारले अति बदमासी गरेको छ। जथाभावी गरेको छ। कर्मचारीलाई धम्क्याएर तर्साएर राखेको छ। ओली सरकारलाई तह लगाउनुपर्छ, यो सरकारलाई घेर्नुपर्छ ।’

अप्रजातान्त्रिक काम गरिरहेकोले आन्दोलन गर्ने दिन आउन सक्ने भन्दै कार्यकर्तालाई तयारी रहन भनेका देउवाले कोरोना महामारी रहेकोले अहिले नै सरकारविरूद्ध आन्दोलन गर्न सक्ने अवस्था भने नरहेको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया