Pura Samachar

दुईपल्ट स्थगित नेकपा सचिवालय बैठक आज

प्रकाशित: October 6, 2020

दुईपल्ट स्थगित नेकपा सचिवालय बैठक आज

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच हिजो भएको छलफलपछि आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्ने तय भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

बैठकमा एकता प्रक्रियाका बाँकी काम, मन्त्रिमण्डल पुनर्गठन र सरकारले गरेको पछिल्लो राजनीतिक नियुक्तिका विषयमा छलफल हुने जनाइएको छ ।

सरकारले गत बिहिबार मुख्यसचिव नियुक्ति र विभिन्न ३ देशमा राजदूत सिफारिस गरेपछि अध्यक्ष दाहाल र उनका निकट नेताहरु असन्तुष्ट देखिएका छन् ।

सचिवालय बैठक शनिवार नै बोलाइएको भएपनि आवश्यक तयारी नपुगेको भन्दै आइतबारका लागि सारिएको थियो । तर, यहिबीचमा प्रधानमन्त्रीका चार जना सल्लाहकारसहित सुरक्षा दलका सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि आइतबार बोलाइएको बैठक पनि स्थगित भएको थियो ।


प्रतिक्रिया