संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएको छ। अस्वस्थ महसुस गरेपछि आज (शनिबार) उनले कोरोना परीक्षण गराएका थिए। कोरोना संक्रमण भएको जानकारी उनले आफ्नो फेसबुकमार्फत दिएका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘गत सोमबार कोरोना परीक्षण गर्दा रोपोर्ट नेगेटिभ आएको थियो। त्यसक्रममा काठमाडौं बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ। हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो। हालसम्म पनि हल्का ज्वोरो बाहेक अरु समस्या देखिएको छैन। केहि दिन यता मसँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु। मेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी छु। होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो बिकल्प छ ?’
प्रतिक्रिया