Pura Samachar
  • नेकपा कर्णाली प्रदेश संसदीय दलमा विवाद चुलिँदै, मुख्यमन्त्रीद्वारा प्रमुख सचेतक पदमुक्त

    प्रकाशित: १ हप्ता पहिले

    नेकपा कर्णाली प्रदेश संसदीय दलमा विवाद चुलिँदै, मुख्यमन्त्रीद्वारा प्रमुख सचेतक पदमुक्त

    मुख्यमन्त्री शाहीले कामकाज सन्तोषजनक नभएको भन्दै प्रमुख सचेतक शाहलाई जिम्मेवारीबाट हटाइएको बताएका छन्। यसअघि संसदीय दलको नेताको हैसियतमा आफूले विधान अनुसार प्रमुख सचेतकमा शाहलाई नियुक्त गरेको र अहिले काम सन्तोषजनक नभएकाले हटाइएको मुख्यमन्त्री कार्यालयले सार्वजनिक गरेको पत्रका उल्लेख गरिएको छ।

    आइतबार बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि दलको विधानअनुसार प्रमुख सचेतक शाहले मंगलबार संसदीय दलको बैठक बोलाएका थिए। त्यही बैठकबाट अविश्वास प्रस्तावबारे छलफल गराउने तयारी गरेका शाहलाई मुख्यमन्त्री शाहीले पदमुक्त गरेको बताइएको छ। साथै दलका सचेतक सिताकुमारी नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरिएको छ। शाह पूर्वएमालेबाट निर्वाचित हुन भने नेपाली पूर्वमाओवादीबाट निर्वाचित भएकी हुन्। योसँगै कर्णालीमा नेकपा संसदीय दलभित्रको विवाद उत्कर्षमा पुगेको छ।

    प्रतिक्रिया