Pura Samachar

प्रधानमन्त्री ओलीले दिए बाइडेन र ह्यारिसलाई बधाई

प्रकाशित: November 8, 2020

प्रधानमन्त्री ओलीले दिए बाइडेन र ह्यारिसलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपति र उपराष्ट्रपति चुनिएका जो बाइडेन र कमला ह्यारिसलाई बधाई दिएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत ओलीले प्रभावकारी र ऐतिहासिक जितका लागि बधाई दिँदै अमेरिकाको नयाँ नेतृत्वसँग नजिक रहेर काम गर्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपतिमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै बाइडेन विजयी भएका छन् । यस्तै ह्यारिस पहिलो महिला उपराष्ट्रपति चुनिएकी छन् ।

 

प्रतिक्रिया