Pura Samachar

विश्वभर एक करोडभन्दा बढीले लगाए कोरोनाविरुद्धको भ्याक्सिन

प्रकाशित: January 3, 2021

विश्वभर एक करोडभन्दा बढीले लगाए कोरोनाविरुद्धको भ्याक्सिन

विश्वभर एक करोडभन्दा बढी मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म एक करोड ८ लाखले भ्याक्सिन लगाइसकेको तथ्यांक छ ।

ग्लोबल भ्याक्सिन ट्रयाकरका अनुसार सबैभन्दा बढी चीनमा ४५ लाखले भ्याक्सिन लगाइसकेका छन् । जनसंख्याको अनुपातमा सबैभन्दा बढी इजरायलका जनताले भ्याक्सिन लगाएका छन् । त्यहाँ ११ प्रतिशत जनताले भ्याक्सिन लगाइसकेका छन् ।

चीनपछि अमेरिकामा ३४ लाख मानिसले भ्याक्सिन लगाइसकेका छन् । विकसित देशहरुमा धमाधम भ्याक्सिन लगाउने क्रम चलेको छ ।

बेलायतमा ९ लाख, रुसमा एक साता अघि नै ४ लाख ४० हजारले भ्याक्सिन लगाइसकेको तथ्यांक छ । त्यहाँ यो सात दिनमा लाखौंले भ्याक्सिन लगाइसकेका छन् ।

जर्मनीमा डेढ लाख, क्यानडामा ९८ हजार, बहराइनमा ५९ हजार, पोल्यान्डमा ३६ हजार, इटालीमा ३४ हजार, डेनमार्कमा २९ हजार, पोर्चुगलमा २६ हजार, मेक्सिकोमा २४ हजार, स्लोभेनियामा ९ हजार र चिलीमा ८ हजारले भ्याक्सिन लगाएका छन् ।

अहिले सँसारभर अमेरिकाको फाइजर र मोर्डना, बेलायतको अक्सफोर्ड, चीनको सिनोभाक, क्यानसिनो र सिनोफार्म र रुसको स्पुतनिक भी भ्याक्सिन धमाधम लगाउने क्रममा छ ।

प्रतिक्रिया