Pura Samachar
  • उपप्रधानमन्त्री ईश्वर पोख्रेल हेटौंडा जाँदै

    प्रकाशित: २ हप्ता पहिले
    पूरा समाचार

    उपप्रधानमन्त्री ईश्वर पोख्रेल हेटौंडा जाँदै

    हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एबम् सरकारका उपप्रधानमन्त्री ईश्वर पोख्रेल हेटौंडा जाने भएका छन् ।

    नेकपा मकवानपुरको आयोजनामा हुन लागेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोख्रेल पुस २५ गते (भोली) हेटौंडा जानलागेका हुन् ।

    बर्तमान राजनितिमा भईरहेको घटनाक्रमका बारेमा सचेत गराउन उनी हेटौंडा जान  लागेका हुन् । नेकपामा छुट्टै प्रभाब बनाएका नेता पोख्रेल हेटौंडा जाने भएपछि कार्यकर्तामा थप उत्साह पनि थपिएको छ ।

    भोलीको कार्यक्रम नेकपा अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मा ओलीका बिरुद्ध प्रचण्ड माधब समूहले फैलाएको भ्रम चिर्ने अभियान हुने नेकपा मकवानपुरले जनाएको छ ।

    कार्यक्रममा नेता पोख्रेलसहित नेकपा बागमती प्रदेश सहईन्चार्ज तथा केन्द्रिय सदस्य काशीनाथ अधिकारी, केन्द्रिय सदस्य एबम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहितका नेताहरुले सम्बोधन गर्ने नेकपा मकवानपुरका सहईन्चार्ज रामेश्वर रानाले जानकारी दिए ।


    प्रतिक्रिया