Pura Samachar

नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

प्रकाशित: January 15, 2021
पूरा समाचार

नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

बिहीबारबाट सुरु भएको बैठक कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ ।

बैठकमा पार्टीको आगामी रणनीतिबारे छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए । बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका थप कार्यक्रमबारे पनि छलफल गर्ने तयारी गरेको छ ।

साथै अध्यक्ष माधवकुमार नेपाल बैठकमा पेस गरेको प्रतिवेदनमाथि छलफल हुने जानकारी दिइएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा संसद विघटन गरेपछि लगातार आन्दोलनमा उत्रिएको नेकपाले आज बस्ने बैठकपछि आन्दोलनका थप कार्यक्रम तय गर्ने बताइएको छ ।

प्रतिक्रिया