Pura Samachar

पौडेललाई भेट्न बोहराटार पुगे देउवा

प्रकाशित: January 18, 2021
पूरा समाचार

पौडेललाई भेट्न बोहराटार पुगे देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनको निवास बोहराटार पुगेका छन्।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच पार्टीभित्रका आन्तरिक विषयमाथि आज साँझ कुराकानी भएको छ।

कांग्रेसमा क्रियाशील सदस्यता, केही जिल्लामा समायोजन लगायत केही विषयमा विवाद छ। सभापति देउवा र पौडेलबीच यी विषय समाधान गर्नेबारे ‘वान टु वान’ छलफल भएको छ।

केही दिनअघि नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सभापति देउवासँग भेटवार्ता गरेका थिए।

यसैबीच कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ। अब माघ १३ गते केन्द्रीय समिति बैठक बस्ने कांग्रेसले जनाएको छ।

प्रतिक्रिया