Pura Samachar

प्रधानमन्त्री ओलीलाई निरु पालको सल्लाह संघियता खारेज गर्न

प्रकाशित: February 5, 2021
पूरा समाचार

प्रधानमन्त्री ओलीलाई निरु पालको सल्लाह संघियता खारेज गर्न

काठमाडौँ । नेकपा ओली समूहकी नेतृ पालले सानो मुलुक नेपालले संघीयताको भार थेग्न नसक्ने भन्दै ओलीलाई प्रदेश संरचना खारेज गर्न आग्रह गरेकी हुन्। विघटित प्रतिनिधिसभा सदस्य निरुदेवी पालले संघीयता खारेज गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सल्लाह दिएकी छिन् । प्रधानमन्त्री ओलीले आज काठमाडौँमा सभालाई सम्बोधन गर्न लागेको पूर्वसन्ध्यामा ओलीकी पूर्व जनसम्पर्क विज्ञ पालले संघीयता खारेजको सुझाव दिएकी हुन्।संघीयता सेतो हात्ती भएको उनको भनाइ छ । सघियता खारेजीको मुद्दा लिएर जनतामा गए राम्रो हुने पालको सुझाव छ ।

बिहीबार पालले फेसबुकमा लेखेकी छिन्, ‘ सम्माननीय प्रधानज्युलाई  मेरो अनुरोध छ। मलाई पार्टीले कारबाही गरे पनि गरोस् । कुनैदिन टिकट पाएछु र जनताले हराए छन् भने पनि ठिकै छ सहुँला तर हाम्रो जस्तो सानो मुलुक आर्थिक स्थिति कमजोर भएको मुलुक। प्रत्येक नेपालीको टाउकामा विदेसीको ऋण छ, तसर्थ प्रधानमन्त्रीज्यु यो संघीयता नामको सेतो हात्ती हाम्रो मुलुकले धान्दैन, मुठ्ठीभर नेता त खुसी छौं, कोही मुख्यमन्त्री, कोही प्रदेश मन्त्री, कोही सांसद छौं। तलब भत्तामै देशको ढुकुटी नसिध्याऔं। जनताले चाहेको अधिकारको विकेन्द्रीकरण हो बरू स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाऔं, जनताको घरदैलामा सर्वसुलभ ढंगले सेवा पुर्‍यायौं। तर प्रदेश सरकार खारेज गरौं। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था गरौं। सम्माननीय प्रधानमन्त्रीज्यु, तर हाम्रो मुलुकले यत्रो तामझाम व्यहोर्न सक्दैन, नेताहरूको सुरक्षा पनि कटौती गरौं, सम्माननीय प्रधानमन्त्रीज्यु यही एजेन्डा लिएर जनतामा जाँदा राम्रो हुनेछ। मेरो अनुरोध हजुरलाई।’

प्रतिक्रिया