Pura Samachar

जर्ज फ्लोयडपछि अमेरिकामा अर्का अश्वेत व्यक्तिको हत्या

प्रकाशित: June 14, 2020

जर्ज फ्लोयडपछि अमेरिकामा अर्का अश्वेत व्यक्तिको हत्या

३२ जेठ, काठमाडौं । एक रेष्टुरेन्टको कारमा सुतिरहेको अवस्थामा अफ्रिकी-अमेरिकी व्यक्तिलाई गोली हानी हत्या मारिएको विषयमा अमेरिकाको एटलान्टा प्रहरी प्रमुखले राजीनामा दिएका छन् । मेयर केइशा लान्स बोटम्सका अनुसार प्रहरी प्रमुख एरिका शिल्ड्सले राजीनामा दिएकी हुन् ।

प्रशासनका अनुसार शुक्रबार एक झडपको क्रममा एक प्रहरीले २७ वर्षीय रेशर्ड ब्रुक्सलाई गोली हानेका थिए । एटलान्समा पनि प्रदर्शनकारीहरुले सडकमा प्रदर्शन गर्दै ब्रुक्सको मृत्युका दोषीलाई कारबाहीको माग गरेका छन् । शनिबार साँझ प्रदर्शनकारीहरुले एनलान्टा इन्टरस्टेट-७२ नामक मुख्य हाइवे बन्द गराएका थिए ।

प्रदर्शनकारीहरुले जुन रेष्टुरेन्टबाहिर उनको मृत्यु भएको थियो, त्यसलाई आगजनी गरेका छन् ।

एरिका शिल्ड्स सन् २०१६ देखि प्रहरी प्रमुखको भूमिकामा थिइन् । मेयरका अनुसार उनले अब विभागमा नै रहेर अर्को भूमिकामा काम गर्नेछिन् । मेयर बटम्सले ब्रुक्सको हत्यामा संलग्न प्रहरी अधिकारीलार्य बर्खास्त गर्ने आदेश पनि दिइसकेकी छिन् ।

शुक्रबार बेलुका ब्रुक्स रेष्टुरेन्टको अगाडि बाटो छेकेर आफ्नो कारमा सुतिरहेका थिए । रेष्टुरेन्ट मालिकले प्रहरीलाई खबर गरे । प्रहरीले उनलाई समाउन खोज्दाउनले मानेनन् । प्रहरीको टिजर खोसेर भाग्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको बताइएको छ । ब्रुक्स परिवारका वकिलले भने टिजर कुनै घातक हतियार नभएकाले त्यसको प्रतिक्रियामा गोली चलाउनु शक्तिको दुरुपयोग भएको बताएका छन् ।

प्रतिक्रिया