Pura Samachar
  • सुरक्षित रुपमा बैकिङ सेवा प्रदान गर्न निर्देशन

    प्रकाशित: १ हप्ता पहिले

    सुरक्षित रुपमा बैकिङ सेवा प्रदान गर्न निर्देशन

    काठमाडौँ, २० वैशाख (रासस) ः कोरोना संक्रमणलाई ध्यानमा राख्दै विभिन्न जिल्लामा जारी भएको निषेधाज्ञाको पालना गरी सुरक्षित बैकिङ सेवा प्रदान गर्न नेपाल बैंकर्स एशोसिएसशनले सदस्य बैंकलाई निर्देशन दिएको छ ।

    विकास बैंकहरुको छाता संगठन डेभलपमेण्ट बैंकर्स एशोसिएशनले सदस्य बैंकलाई निषेधाज्ञा जारी भएका स्थानमा नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिधिभित्र रही सेवा प्रदान गर्न निर्देशन दिएको हो ।

    राष्ट्र बैंकको निर्देशनको अक्षरशः पालना गर्दै कर्मचारी तथा ग्राहकको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई सम्भव भएसम्मका उपाय अवलम्बन गर्न निर्देशन दिइएको एशोसिएशनका अध्यक्ष प्रद्युम्न पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार सेवा प्रदान गर्न खोलिने बैंकका शाखा तथा वैकल्पिक शाखा खुला हुने समय उल्लेख गरी प्रत्येक दिन बैंकको वेबसाइटमा राख्नुपर्ने, बैंकको प्रधान कार्यालयमा दुई पदाधिकारीलाई सम्पर्क व्यक्ति तोकी नाम, मोबाइल नम्बर र इमेल आइडी एशोसिएशनको सचिवालयमा उपलब्ध गराउने, बैंकको सूचना ग्राहकलाई आदानप्रदान गर्न सम्पर्क व्यक्ति तोक्ने तथा डिजिटल बैंकिङ प्रणालीको उपयोग गर्न ग्राहकलाई आग्रह गर्ने र सम्भव भएसम्मका सञ्चारमाध्यमबाट समेत जानकारी गराउन निर्देशन दिइएको हो ।

    एशोसिएशनले ग्राहकलाई सम्भव भएसम्म डिजिटल बैंकिङ प्रणालीको प्रयोग गरिदिनसमेत आग्रह गरेको छ । खाद्य कम्पनीसँग १३ हजार मेटन चामल मौज्दात सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग १३ हजार मेट्रिक टन चामल मौज्दात छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकानुसार खाद्यसँग १३ हजार ४०४ मेट्रिक टन चामल मौज्दात छ । उक्त तथ्यांकमध्ये कम्पनीले बोलपत्र आह्वान गरेर खरीदको तयारी गरेको पाँच हजार मेट्रिक टन चामलसमेत रहेको जनाइएको छ । मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीका अनुसार कम्पनीसँग दुर्गमका २३ जिल्लामा दुई हजार ७३१ र काठमाडौँमा दश हजार ६७८ मेट्रिक टन चामल मौज्दात छ । कम्पनीसँग चार हजार ३८८ क्विन्टल गहुँ मौज्दात छ । यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग दुर्गमका जिल्लामा दुई हजार ६९७ मेट्रिक टन नून गरी एक लाख ५४ हजार ८८१ मेट्रिक टन मौज्दात छ । मन्त्रालयको तथ्यांकानुसार साल्ट ट्रेडिङसँग सात सय १४ र निजी क्षेत्रसँग पचास हजार २११ मेट्रिक टन गरी पचास हजार ९२५ मेट्रिक टन चिनी मौज्दात छ ।

    प्रतिक्रिया