Pura Samachar
  • मुख्यमन्त्री पोखरेललाई काँग्रेसको प्रश्न : जालझेल गरेर कहिलेसम्म बस्ने ?

    प्रकाशित: २ हप्ता पहिले

    मुख्यमन्त्री पोखरेललाई काँग्रेसको प्रश्न : जालझेल गरेर कहिलेसम्म बस्ने ?

    लुम्बिनी प्रदेशसभाका बैठकमा मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरिएको छ । लुम्बिनी प्रदेशको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मुख्यमन्त्री पोखरेललाई विश्वासको मत लिन वा राजीनामा दिन माग गरेको हो ।

    कांग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानले प्रदेशसभाको बैठकमा अल्पमतमा परेको सरकारका मुख्यमन्त्रीले विश्वासको मत लिन वा मार्गप्रशस्त गर्न माग गरे ।

    उनले संविधानको धारा १६८ को १ अनुसार मुख्यमन्त्रीमा नियुक्ति भए पनि सरकार सोही धाराको २ जस्तो देखिएको बताए ।

    ‘राष्ट्रियसभाको नतिजाले पनि प्रदेश सरकार अल्पमतमा रहेको पुष्टि भएको छ । आज ३० दिन पुगेको छ । कि उहाँले विश्वासको मत लिनुपर्छ । नभए उहाँले अविलम्ब राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ,’ उनले भने ।

    उनले अब जालझेल गरेर कहिलेसम्म बस्ने  भन्दै प्रश्न पनि गरे ।

    प्रतिक्रिया