Pura Samachar
  • आज मन्त्रिपरिषद्को बैठक बस्दै

    प्रकाशित: २ हप्ता पहिले

    आज मन्त्रिपरिषद्को बैठक बस्दै

    आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बैठक साँझ ६ बजे बस्ने भएको हो। हरेक हप्ता सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्दै आएको छ।

    आजको बैठक नियमित भए पनि बैठकले कोरोना भाइरससँग जुध्ने योजनाबारे छलफल हुने बताइएको छ।

    एसईई परीक्षाको वैकल्पिक व्यवस्था, कक्षा १२ लगायत विद्यालय र विश्वविद्यालय तहको परीक्षाबारेको विषय पनि आजको बैठकका एजेन्डा रहेका छन्।

    यसका साथै केही महत्वपूर्ण अध्यादेश ल्याउने समेत बैठकको तयारी छ।

    प्रतिक्रिया