Pura Samachar

कानपुरमा प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार, एसपीसहित आठको मृत्यु

प्रकाशित: July 3, 2020

कानपुरमा प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार, एसपीसहित आठको मृत्यु

असार १९, २०७७ एक कुख्यात अपराधीलाई पक्राउ गर्न गएको प्रहरीमाथि भारतको कानपुरमा अन्धाधुन्ध गोली चल्दा एक डिएसपीसहित आठ प्रहरीको निधन भएको छ। घटनामा चार प्रहरी घाइते भएका छन्। कानपुरको चौबेपुरको बिकरुगाउँमा भएको सो घटनामा प्रहरीमाथि अन्धाधुन्ध गोली चलेको भारतीय सञ्चारमाध्यले जनाएका छन्। कानपुर प्रहरीका अनुसार मृत्यु हुनेमा डेप्टी एसपी देवेन्द्र मिश्रासहित तीन सब इनिस्पेक्टर र चार कन्स्टेवल रहेका छन्। कुख्यात अपराधी विकास दुवेलाई पक्राउ गर्न गएको प्रहरीको टोलीमाथि आपराधिक समूहले अन्धाधुन्ध गोली बर्साएको थियो। दुवेको टाउकाको मोल प्रहरीले २५ हजार तोकेको थियो। जिल्ला पञ्चायतका पूर्व सदस्य दुबेविरुद्ध विभिन्न ५३ अभियोग रहेको कानपुर प्रहरीको भनाइ छ।

प्रतिक्रिया