Pura Samachar

अन्तर्राष्ट्रिय उडान र सीमा आगामी साउन ७ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

प्रकाशित: July 3, 2020

अन्तर्राष्ट्रिय उडान र सीमा आगामी साउन ७ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडान र सीमा आगामी साउन ७ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले असार १५ सम्मका लागि जारी गरिएको सो प्रावधान साउन ७ गतेसम्मका लागि लम्ब्याएको हो।

भारतसँगको सीमा बन्द गरिएपनि खाद्यबस्तु तथा मालवाहक ढुवानीलाई भने सहज गरिने अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले जनाकारी दिए । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय सीमा नाकाबाट आवतजावत बन्द गर्दै आएको छ ।

प्रतिक्रिया